ताजा समाचार

कथा : सन्देशको बाइक

अनिल रुपाखेती/ चट्ट मिलेको सेतो सर्ट, निलो कोट पाइन्ट अनि टल्कने कालो जुत्ता, मुखमा मास्क, टाउकोमा हेल्मेट लगाएर मन्द गतिमा बा ३ प १४१५ नम्बरको सेतो १५० सीसीको पल्सर बाइकमा सन्देश छुट्टै सानको साथ नेपाल विद्युत प्राधिकरणको अफिसबाट घर आउँदै छ ।

पुरानो बसपार्क, भद्रकाली, सुन्धारा हुँदै आउँदा बाटोमा परेको जाममा पनि ओभरटेक नगरी, नियमवद्ध रुपमा गाडीको पछाडी विस्तारै आउँदै छ । आज सरकारी नम्बर प्लेटको बाइमा सन्देशलाई छुट्टै महसुस भैरहेको छ ।

अफिसले बाइक दिएको आज पहिले दिन । बाइक पहिले देखि नै चलाउन जान्ने भए पनि जीवनको पहिलो पटक सरकारी बाइक चढ्ने उस्को खानदानमा त के, गाउँमै पहिलो व्यक्ति भएको छ सन्देश ।
गाउँमा मध्यम स्तरको सन्देश आज उस्को निरन्तरको मिहेनत र लगनले विद्युत् प्राधिकरणमा अधिकृतमा नाम निकाल्न सफल सफल भएको छ । जीवनमै नसोचेको सफलता अनि सरकारी नम्बर प्लेटको बाइक।

उसको लागि संसार जितेकै बराबर, सबै भन्दा ठूलो खुसी, सरकारी बाइकको चाबी हातमा लिंदा उसको मुस्कान नै छुट्टै थियो । धेरै खुसी थियो सन्देश, अधिकृतमा नाम निस्कदा भन्दा पनि धेरै खुसी थियो ऊ आज सरकारी बाइक पाउँदा ।

अफिसमा बाइकपाउने भन्ने सुन्ने बित्तिकै उसले आफ्नो दुख गरेर पढाउने बुबा आमालाई सम्झियो उसले । भर्खर ११ मा पढदै गरेको भाइलाई सम्झ्यो अनि आफ्नो गरिबिलाई सम्झ्यो ।

यो सबै सम्झदा कति पनि दुख लागेन उसलाई, दुःख भन्दा पनि धेरै खुसी छ आज ऊ । आफैंले आफैंलाई गर्व महसुस गर्दै छ सन्देश ।
घरमा बुबा आमा भाइलाई खुवाउनको लागि एक प्याकेट लड्डु किनेको छ सन्देशले ।

कोठामै गएर आमाबुवासँग खुसी साट्ने बिचार गरेको छ उसले । कति खुसी होलान है है आमा बुबा यो देखेर ! मनमनै मुस्कुराउदै छ ऊ । यो सब सोचेर, टि टि टि अचानकको यो हर्न सुनेर झसँग हुँदै बिस्तारै अगाडि बढ्छ।

हिजो–अस्ति बाटोमा हुने सबै घटनालाई अनुभूति गर्ने सन्देश, देखेका सबै मानिसहरुको क्रियाकलापलाई याद गर्ने गथ्र्यो । दायाँबायाँ होर्डिङ बोर्डको सबै कुरा पढ्न भ्याउँथ्यो । आँखाले देखेजति सबै बाइक, गाडीलाई याद गथ्र्यो उसले ।

उसको नजरमा जेजे चिज पथ्र्यो सबै याद गथ्र्यो सन्देशले । आउँदा–जाँदा जाम पर्दा बाहिरको दृश्य हेर्दा दिक्क लाग्थ्यो सन्देशलाई । अनि यो नै दैनिकी बनेको थियो सन्देशको ।

तर आज सन्देशलाई यो कुनै कुराको वास्ता नै छैन । जाम पर्दा पनि आज उसलाई जाम जस्तै लागेको छैन । कुनै पनि कुराको गुन्जायस नै छैन आज उसलाई । मख्ख छ आज ऊ आफैसँग ।

यतिन्जेलसम्म ऊ त्रिपुरेश्वर पुगिसकेको छ । बाइकको दायाँ–बायाँको इन्डिकेटर बालेर बाइकलाई कालिमाटीतर्फ मोडाउँदै, पारगर्दै केही पर पुगेको सन्देश एक्कासी हुईँ हुईँ हुईँको आवाजले झसँग हुन्छ । यसो एम्बुलेन्स हो कि भनी साईडलेन्सबाट हेर्द केही पर पुलिसको गाडी आफैं तर्फ आउँदै गरेको देखिर झसँग हुन्छ सन्देश ।

केही समय अघिदेखि खुसी भएको उसको मुहारमा एक्कासी कालो बादल मडारीन थाल्छ । मुटुको गति बढ्न थाल्छ । आफूलाई एक्कासी कमजोर झैँ महसस गर्छ सन्देश । डराएको छ सन्देश । एक्कासी एसिलेटर केही जोडले बटार्छ ।

अघिसम्म गाडिको पछि–पछि हिड्ने सन्देश अबिले बाइकलाई दायाँ–बायाँ गर्दै कुदाउन थाल्छ । उसले अब पछाडी फर्केर हेरेको छैन, हुईँ हुईँ हुईँको आवाज झन झन नजिक भए झैं लाग्दा उसको मुटुको धडकन पनि ढक ढक गर्दै बढ्दै जान्छ ।

यतिन्जेल सम्म ऊ नेशनल ट्रेडेङ्ग काटिसकेको हुन्छ । अघि त्रिपुरेश्वरसम्म आईपुग्दा खशीले केही कुरा याद नगर्ने सन्देश अहिले डरले केही कुरा यादगर्न नसक्ने भएको छ ।

केही बेरको बाइकँपछि बाइकको साइडलाइट बायाँतिर सार्दै कालिमाटी बाट कुलेश्वर हुइक्याउँदै गर्दा, मुहारमा केही सन्तोषको शास फेरे झै भाको छ उसलाई, कुलेश्वर पुग्नै लाग्दा । फेरि हुईँ हुईँ हुईँको आवाज सुन्दा सन्देश अब भने झन डराउँछ ।

झनै कालोनीलो हुन्छ । होस् नै गुमे जस्तो महसुस गर्छ । पुलिसको गाडिको साइरन सुनी बाइकलाई झनै हुइक्याउँछ । जति कुदाए पनि साइकलभन्दा पनि कम गतिमा बाइककुदे झै लाग्छ उसलाई । मिल्ने भए उडाउथ्यो होला, त्यस्तो महसुस भएको छ आज उसलाई ।

यस्तै होस बिना नै हुइक्याउँदा झण्डै बाटो काट्ने मानिसलाई ठोक्काएको ! उसलाई आज यो सबै याद गरेको छैन उसले मात्र पुलिसको गाडी को आवाजलाई मात्रै याद गरेको छ ।

आज अफिसमा ट्रान्सर्फमरको सिफारिस को लागि उसले १०,००० घुस लिएको थियो। उस्को मनमा पक्कै पनि आफैंलाई समात्न पुलिस आएको भन्ने लागेको छ । आज पक्कै समात्ने भयो । पक्कै नै मलाई पुलिसले लैजान्छ ठानेको छ उसले ।

अफिसमा खरदारले कुरा मिलाएका रहेछन् । अफिसमा सन्देश पुरै नयाँ थियो । उसले घुस खान्छन भन्ने सुनेको थियो तर अनुभवी हुन पाएको थिएन । आज खरदार साहेबले त्यो अवसर पनि मिलाईदिएका थिए। हुन त यो कुरा अघिल्लो अधिकृत कै पालामा भएको थियो उनी सरुवा भएर गएपछी सन्देशको भागमा परेको थियो त्यो १०,००० ।

उसले ग्राहकसँग होइन कि खरदार साहेबले नै मिलाई दिएका थिए त्यो पैसा । पाएको पैसा कसले पो लिंदैन र१ उसले पनि नाईँनास्ती नगरि लिएको थियो । खरदार ले लेराएका फाईलमा हस्ताक्षर गरि पैसा लिएको थियो। त्यस लगत्तै सरकारि बाई चढी एक्कि छिनमा घर हिंडेको थियो आज सन्देश ।

कुलेश्वर मन्दिर काटेर पर पुग्दै गर्दा उसले आफुलाई पुलिस निश्चय नै समात्छ झैँ ठानेको छ।
पुलिसले समाते पछि जागिर जान्छ अनि सरकारी बाइकपनि लैजान्छ। मलाई जेल हाल्छन। यो सबै सुन्दा मेरो बुबा आमा लाई कस्तो असर पर्छ होलारु भाईले के गर्छ होलारु गाउँका मान्छेले मलाई के भन्छन होला ? म जेल परेपछी बुबा आमा लाई कसले के खान देला रु

भाइ कसरी पढ्छ होला ? कति रुन्छन होला मेरो बुबाआमा अनि भाइ। सबैले गर्व गर्ने मलाई धिकार्छन होला ।भ्रष्टाचारी को बुबाआमा भनी सबैले घृणा गर्छन होला । यो सबै सहन नसकेर केही गरि आमाबुबा मरे भने मेरो सानो भाइ के गरि बाँच्छ होला ? यी सबै प्रश्न हरु एकपछी अर्को गरि सन्देशको मनमा खेल्न थाल्छ ।

यति खेर सन्देश बल्खुबाट कलंकीतिर बाइक मोडिसकेको हुन्छ। बाइकमोड्दै गर्दा दायाँपट्टिबाट पनि साईरन बजाउँदै पुलिसको गाडी आएको देखि जोड जोड्ले पुरै एसिलेटर बटारी बाइक हुईंकाउदै अगाडि बढ्छ ।

कलंकी खसिबजार पट्टि बाट पनि पुलिसकोे गाडी साइरन बजाउँदै आएको देखि उस्लाई के गरुँ कसो गरुँ हुन्छ। अब उस्लाई समात्छ भन्ने निश्चित भैसकेको हुन्छ ।

उसलाई आफ्नो हात खुट्टा गलेको महसुस हुन्छ । पुरै थकाई अनि शिथिलताको महसुस हुन्छ। दिमाग पुरै शून्य झैँ हुन्छ। खसिबजार नजिकै को सीता पेट्रोल पम्प नजिकै बाईकलाई अकास्मात रोक्छ अनि के गरुँ कसो गरुँ हुँदै गर्दा पसिनाले पुरै जिउ भिजे जस्तै हुन्छ। मानौँ ऊ दौड प्रतियोगिता मा भाग लिएर भर्खरै आएको हो । मुटु धड्किएर फुट्ला झै भएको छ । जमिन नै भासिए झैँ भएको छ उसलाई ।

२०७२ सालको भुकम्प ले भन्दा पनि जोड जोडले हल्लाए झैँ भएको छ । एक्कासी उसले बाइकलाई सीता पेट्रोलपम्पको उकालो तिर लैजान्छ र आफ्नै गतिमा बाइक हुइँक्याउँदै गर्छ । सानो गल्लिमा उसले बाटोमा केही पनि याद गरेको छैन ।

कहिलेकाहींको जाम छल्न यो बाटो प्रयोग गर्ने भएता पनि आज उस्लाई यो बाटो पुरै नयाँ भएको छ । बाटो भुलिएर बल्लबल्ल बाईकलाई हतारमै रोकि बन्द गरेर कोठामा पुगि थचक्क आँखा चिम्लेर टाउको समातेर बस्छ ।

केही बेरपछि, बाबुर सन्देश, बाबु छोरा भनेको सुनी । सन्देशले हेर्दा अगाडि आमाले के भयो बाबु के भयो भन न के भयो तँलाई भन्दै थिइन । टिभीमा बे्रकिङ समाचार आइरहेको थियो– ‘एमाले पार्टी कार्यालय मा कार्यकर्ता बिच झडप, झडपलाई नियन्त्रण गर्न व्यापक प्रहरिको प्रयोग’ यो देख्दा उसको मन केही शान्त भएर आयो ।

जिउ पुरै पसिनाले भिजेको रहेछ। जिउमा लागेको पसिनाले बिस्तारै चिसो हुँदै आयो उसलाई , पसिनाले कपाल पनि पुरै भिजेको रहेछ। आमाले के भयो बाबु, तलाई के भयो भन न बाबु भन्दा केही होइन टाउको दुख्यो आज धेरै भनेर टारिदियो ।

खाना खाने बेलामा बुबाआमा धेरै खुसी भए। लड्डु बाँडेर खाए सबैले तर सन्देश केही पनि खुशी थिएन देखाउन को लागि बेला बेलामा हाँस्थ्यो । सुत्ने बेलामा देखिस साने सरकारी बाइकचढ्यो तैले सरकारी गाडी चढ्नु पर्छ बुझिस् ! भन्दै खुसी हुँदै थिए ।

सबै जना सन्देश को प्रगतिमा खुशी थिए धेरै। आज सन्देश राम्रोसँग खाँदा पनि खाएन र सुत्न पनि सकेन ।

रातभरी खाली बाटोको घटना मात्र घुमी रह्यो उस्को दिमागमा । कुरा खेलाउँदा खेलाउँदै गर्दा अब कहिले घुस लिन्न भन्ने प्रण गर्यो । अनि मनमा अनेक कुरा खेलाउँदा खेलाउँदै कति खेर निदायो पत्तै भएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org