ताजा समाचार

ए मेरो हजुर ३ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।

चलचित्र ए मेरो हजुर ३ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसीर्लाइ देख्न सकिन्छ ।

सांगीतिक प्रेम कथामा बनेको फिल्मको ट्रेलरमा अनमोल एक स्टार गायकका रुपमा स्थापित देखिएका छन् भने सुहाना उनै स्टारकी डाइहार्ड फ्यान।

फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्। फिल्म झरनाकै श्रीमान् सुनिलकुमार थापाको निर्माणमा बनेको हो।

फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रक्षा गौतम, सरोज खनाल, रुपा घिसिङ, रेअर राई, अर्पण थापा, रविन्द्र झा लगायतको अभिनय रहेको छ। फिल्मलाई झरना थापा र सुमन पौडेलले लेखेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org