ताजा समाचार

भोलीको एसइईको प्रश्नपत्रबारे प्रदेश २ विवादीत, फेरि आयो भोली हुने विषयको प्रश्नपत्र सामाजिक संजालमा

काठमाडाैं । एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र सामाजिक संजालबाट बाहिरिएको छ ।

तर, प्रदेश २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ ।

यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्रसमेत बाहिरिएको थियो ।

सामाजिक संजाल मार्फत बाहिर आएको उक्त प्रश्नपत्र नक्कली रहेको भन्दै शिक्षा विभागले प्रश्नपत्र सुरक्षित रहेको दाबी गरेको छ । यद्यपी सामाजिक संजामा फैलिएको प्रश्नपत्र भने नक्कली जस्तो देखिदैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org