चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो: सर्वेक्षण
बेइजिङ ।
संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ ।
चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो ।
गत वर्ष चीनको निर्यात घट्नुका साथै चिनियाँ उपभोक्ता मागमा समेत कमी आएका कारण कारखानाको उत्पादन न्यून भएको थियो । निर्यात, रोजगारी र नयाँ मागमा भने सुधार आएको तथ्याँक ब्यूरोले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिका कारण सिर्जित समस्यासँग जुध्न चीन सरकारले ऋण लगानीमा रहेका नियन्त्रणहरुलाई खुकुलो पार्नुका साथै सरकारी खर्चमा वृद्धि गरेको थियो । तर अधिकारीहरुले भारी ऋणवृद्धि हुन नदिन विस्तारै सरकारी नियन्त्रण अपनाएका थिए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले पनि नयाँ नयाँ रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा प्रभावशाली भूमिका बढाउने कार्यमा सघाउने प्रतिबद्धता जनाएको थियो ।
निजी क्षेत्रका प्रक्षेपकहरुले पनि आर्थिक वृद्धि सामान्य हुने बताउँदै आएका थिए । चिनियाँ नेताहरुले अर्थतन्त्रमा सामान्य वृद्धि हुने बताउँदै तर अघिल्लो दशकको दुई अङ्कको वृद्धिजस्तो अवस्था आउन नसक्ने बताएका थिए ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको गत वर्षको आर्थिक वृद्धि तीन दशककै न्यून विन्दु अर्थात् ६.६ प्रतिशतमा आइपुगेको थियो । अमेरिकासँगको जारी व्यापार तनाव कारण सरकारले यस वर्षका लागि ६ देखि ६.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
सन् २०१९ को पहिलो दुई महिनामा चीनको निकासी अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले घटेको छ ।
संयुक्तराज्य अमेरिका र चीनका व्यापार वार्ताकारहरुले गत साता बेइजिङमा दुई देशबीच जारी व्यापार तनावका बारेमा वार्ता गरेका छन् । निकै रचनात्मक भनिएको उक्त वार्तामा पनि सहमति छैन । दुबै पक्ष अर्को साता अमेरिकाको वासिङ्टनमा भेट्न र वार्तालाई निरन्तरता दिन सहमत भएका छन् ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...