ताजा समाचार

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त

भारत ।

राजस्थानमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनामा परेको छ । राजस्थानको राजधानी जोधपुरबाट १ सय २० किलोमिटर दक्षिणमा रहेको सिरोही जिल्लामा भारतीय वायुसेनाको रुसमा निर्मित मिकोयान मिग २७ लडाकु विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानका चालक भने सुरक्षित रुपमा विमानबाट जमिनमा अवतरण गर्न सफल भएको बताइएको छ ।

प्रारम्भिक जानकारी अनुसार विमान दुर्घटना भएको स्थानमा जनधनको कुनै क्षति भएको छैन । इन्जिनमा खराबी आएपछि विमान दुर्घटनामा परेको आशंका गरिएपनि त्यसको पुष्टि भइसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org