ताजा समाचार

दुई सातामा तीन सय पक्राउ

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । उपत्यकामा पक्राउ परेका ४७ जना मध्ये कुनै पनि नेता कार्यकर्ता छुटेका छैनन्।

गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । ‘हामीलाई सरकारले राजनीतिक शक्ति मान्दैन, लुटेरा समूहजस्तो व्यवहार गर्छ,’ पार्टीका एक केन्द्रीय नेताले भने, ‘आफैँ गोली चलाउँछन्, दोहोरो गोली चल्यो भन्छन् । आफैँ वार्ताको डङ्का पिट्छन्, उता नेता कार्यकर्ता पक्राउ र धरपकड गर्छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org