ताजा समाचार

नेपालमै छैन हावाहुरीको पूर्वानुमान गर्ने उपकरण

काठमाडौँ । बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन ।

सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ । त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाई छ ।

हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन । महाशाखाका अनुसार हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा छैनन् । महाशाखाले मेघ गर्जनसहित वर्षा हुने अनुमान मात्र गर्ने गरेको छ ।

महाशाखाका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी, विविध टेक्नोलोजी र इनसेम्बर वेदेर फोरकास्टिङ (संख्यात्मक मौसम पूर्वानुमान पद्धति) आवश्यक पर्ने मौसमविद् सुजन सुवेदीले बताए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org