ताजा समाचार

यो भन्दा अश्लिलता अरु के हुन सक्छ ? कार्यक्रममा आउँछन् डाक्टर तर शिर्षक हेर्यो भने…

काठमाडाैं । युट्युको ट्रेन्डिङ वानमा रहेको भिडियो एकाएक हटेपछि भिडियो निर्माताहरु अचम्ममा परेका छन् ।

भिडियो अपलोड भएको केहि समयमै ट्रेन्डिङ वानमा आएपछि उक्त भिडियोलाई धेरैले हेरिसकेका छन् ।

हेल्थ टिभी नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोको शिर्षक राखिएको छ, ‘बुढी ले अरुलाई गराएको कसरी थहा पाउने’ ? भनेर राखिएको छ ।

सरकारले अश्लिलतालाई प्रतिबन्ध लगाउने भन्दै परि तामाङ र फुल्चोकी मिडियाबाट प्रशारण हुने मस्ति टक कार्यक्रम प्रस्तोतालाई पक्राउ गरेको छ । यहाँ शिक्षा तथा अन्य जानकारीमुलक कुरा गरेको भएपनि भिडियोका शिर्षक भने परि तामाङभन्दा कुनै कम छैनन् ।

उक्त युट्युब च्यानलमा अपलोड भएका भिडियोमा कार्यक्रम प्रस्तोताले आफ्नो परिचय समेत गराएकी छैनन् । यद्यपी यो कार्यक्रम टिभी टुडे बाट प्रशारण हुने गरेको छ । टिभी टुडेको अफिसिएल लोगो प्रयोग गरेर अश्लिल शब्दहरु प्रयोग गर्दै भिडियोका शिर्षक तथा डिस्क्रिप्सन राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org