ताजा समाचार

प्रदेश २ एसइई प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित शिक्षकलाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं । एसइई प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रदेश २ मा चैत्र १४ र १५ गतेमा हुन गइरहेको एसइई परिक्षाको प्रश्नपत्र लिक गरेको भन्दै प्रहरीले सप्तरीमा पत्रकार सम्मेलन मार्फत दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत थिए ।

पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले आफ्ना मान्छेलाई प्रश्नपत्रको फोटो खिचेर पठाएपछि सामाजिक संजाल मै फैलिुएको तियो भने परिक्षा समेत स्थगित भएको थियो । यद्यपी स्थगित भएको एसइई परिक्षा यहि २२ देखि हुने निर्णय भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org