ताजा समाचार

विमानस्थलमा समातियो ६ किलो सुन, भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको परिचय भने खुलाइएको छैन् ।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले न्युज-नेपाललाई बताए ।

यसबारे थप अनुसन्धान भएपछि मात्रै विस्तृत भन्न सकिने उनले जनाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org