ताजा समाचार

एकै परिवारका तीनजनाले गरे झुण्डेर आत्महत्या

चितवन । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेका छन् ।

भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले झुण्डिएर आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीनजनाले सलको पासोमा झुण्डेर आत्महत्या गरेका हुन्।

अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११÷१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगगिएको छ ।

एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org