ताजा समाचार

मलेसियामा कामदार बोकेको बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु

काठमाडौं। मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।

मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ ।

मृतक नेपालीमा रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org