ताजा समाचार

पूर्वमन्त्री तथा सांसद प्रभाकरले जनतासँगै कम्मर मर्काउन थालेपछि.. (भिडियोसहित)

काठमाडाैं । रुकुम पश्चिममा आयोजित बृहत सांस्कृतिक सम्मेलन २०७५ मा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ स्थानिय भेषभुषामा नाचेपछि चाैतर्फी चर्चाको विषय बन्न पुगेको छ ।

रुकुम पश्चिमको सदरकमुकाम मुसीकोट खलांगाको बराहटाकुरामा स्थानीय कलाकारसँग जोडी बाँधेर कम्मर मर्काएपछि उनको चर्चा चुलिएको हो । पूर्वमाओवादीमाट निर्वाचन जित्दै आएका प्रभाकर त्यस क्षेत्रका प्रतिभावान र क्षमतावान नेताको रुपमा चिनिन्छन् ।

स्थानीय भाका सिंगारु गीतमा प्रभाकरले आफ्नो कला काैशल प्रदर्शन गर्दै सर्वसाधारणलाई चकित बनाएका छन् । जनतासँगै नाचेका प्रभाकर यसअघि समेत विभिन्न सांस्कृतिक समारोहमा आफ्नो कला काैशल प्रदर्शन गर्दै आएका छन् ।

हेर्नुहोस् प्रभाकरले सेयर गरेको भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org