ताजा समाचार

बसुन्धारामा बम फेला, शंकास्पद ५ जना पक्राउ

काठमाडौं । राजधानीमै बसुन्धाराको एक घरमा सकेट बम फेला परेको छ ।

बसुन्धाराको ओसिस क्याफेसँगै जिडिएको घरमा सकेट बम फेला परेको काठमाडाैं प्रहरी परिसर टेकुका प्रमुख वसन्त लामाले जनाएका छन् । घटनास्थल तिर नेपाली सेनाको टोली गइसकेको समेत उनले जनाएका छन् ।

क्याफेसँगै जोडिएको सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वल्र्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालय रहेको उक्त घरमा सकेट बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।

उक्त कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जनाइएको छ । कार्यालय संचालक डम्बर बिसी भने विरामी रहेको बताएका छन्  ।

यसअघि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटनामा ३ जना घाइते भएका थिए भने ठूलो भौतिक क्षति भएको थियो ।

उक्त बम विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय मोटो चन्दा माग गर्दा व्यवसायीले चन्दा नदिएपछि बम विस्फोट गराउदै आएको निष्कर्ष प्रहरीले निकालेको छ भने, विप्लव नेतृत्वको नेकपाले भने दुईवटा राज्यसत्ता संचालनमा रहेकाले आफूलाई समेत कर बुझाउनु पर्ने माग गर्दै आएका छन् ।

यद्यपी सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाइसकेको छ भने, चैत्र मसान्तसम्म हतियार बुझाउन आएमा सरकारले हतियार कहाँबाट ल्याएको भनेर समेत नसोध्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाइसकेका छन्  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org