ताजा समाचार

लोडसेडिङ गराउनका लागि मेरा विरुद्ध कुप्रचार भयोः कुलमान घिसिङ

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई बदनाम गराएर लोडसेडिङ गराउनेहरु चलखेल गर्न थालेको दाबी गरेका छन् ।

विद्युत प्राधिकरणको कार्यालय रत्नपार्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले गला अवरुद्ध पार्दै भने, मेरो छवीलाई धुमिल्याएर ६० लाख खाएको आरोप लगाइएको छ । मैले राम्रो काम गरेकाले सरकारले दिएको करबाहेक ६ लाख लिएको रहेछु । त्यो भन्दा अन्य कुनै किसिमको रकम मैले लिएको छैन् । पछिल्लो समय लोडसेडिङ गराएर ठुलो रकममा चलखेल गर्नेहरुले मेरा विरुद्ध कुप्रचार गर्न थाले ।

प्राधिकरणकै केहि कर्मचारीको मिलेमतोमा यस्तो प्रचार भइरहेको भन्दै घिसिङले पहिले कसरी लोडसेडिङ गराइन्थ्यो भन्ने सप्रमाण दिन सक्ने दाबी समेत गरेका छन् । प्राधिकरणको बैठकमा भएका कुराहरुलाई बाङ्गोटिंगो पारेर मेरा विरुद्ध कुप्रचार गर्न थालिएको छ । देशमा फेरि लोडसेडिङ गराउने तत्व जुर्मुराउन थाले घिसिङले भावुक हुदैं भने ।

यसअघि घिसिङले गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org