ताजा समाचार

छातिमा संक्रमण देखिएपछि दलाई लामा अस्पताल भर्ना

एजन्सी । चीन तिब्बतका धार्मिक अगुवा दलाई लामा अस्पताल भर्ना भएका छन् ।

छातिमा संक्रमण देखिएपछि ८३ वर्षीय लामा बुधबार भारतको नयाँ दिल्ली स्थित एक अस्पताल भर्ना भएको उनका सहयोगीले जनाएका छन् ।

‘आज बिहान केही असुविधा भएपछि उहाँ स्वास्थ्य जाँचका लागि दिल्ली जानुभएको छ । चिकित्सकहरुले उहाँको छातिमा संक्रमण भएको जनाएका छन् र त्यसको उपचार गरिरहेका छन् । उहाँको स्वास्थ्य स्थिति अहिले स्थिर छ र अस्पतालमा थप दुई, तीन दिन रहनु हुनेछ,’ लामाका निजी सचिव तेन्जिन ताखाले भने ।

चिनियाँ शासनविरुद्ध स्वतन्त्र तिब्बतको आन्दोलन असफल भएपछि लामा सन् १९५९ मा भारततर्फ भागेका थिए । त्यसयता उनी भारतको उत्तरी पहाडी क्षेत्र धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org