ताजा समाचार

सरकारी जग्गा हिनामिनामा म र मेरो कुनै संलग्नता छैन्ः बिष्णु पाैडेल

काठमाडाैं । सत्तारुढ दल नेकपा महासचिव बिष्णु पाैडेलले बालुवाटारको सरकारी जग्गामा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिक दैनिकको नाम लिएर अन्य संचार माध्यमले आफ्नो नाम जोडेर भ्रमपूर्ण समाचार छापेको भन्दै महासचिव पाैडेलले दुख लागेको भन्दे आपत्ति जनाएका छन् ।

२०६१ पुष २९ गतेमा प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको स्पष्ट पारेका छन् ।

‘समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु,’ पौडेलले वक्तव्यमा भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org