ताजा समाचार

मैले निर्वाचन जितेपछि सिंगो नेपालले माडी चिन्योः प्रचण्ड

काठमाडाैं । नेकपा अध्यक्ष प्रचण्डले समाज शिक्षित बन्दै गएपछि हामी कृषिमा परनिर्भर बन्दै गएको भन्दै उत्पादनमा जोडिन आग्रह गरेका छन् ।

चितवनको माडीमा पुगेका प्रचण्डले सिंगो नेपालले माडीलाई चिनेको भन्दै आफू निर्वाचनमा लड्दै गर्दाको क्षणको स्मरण समेत गरेका छन् ।

पुर्खाले गरेको योगदान र उत्पादनलाई हामीले अनुशरण गर्नुपर्ने बेला आएको भन्दै प्रचण्डले भने, पुर्खा (बाउ, बाजे)को पालामा भएको कृषिमा शुद्धता र त्यो खाने कुराले उनीहरुको जीवनमा देखिएको परिवर्तन आज हाम्रो जीवनसँग जोड्दा विल्कुलै नमिल्ने दाबी गरेका छन्। माडीका युवाले अब शिक्षित मात्रै नबनेर कृषिमा निर्भरता र विषादीयुक्त खानेकुराको उत्पादन गर्न सुझाव दिएका छन् ।

प्रचण्डले माडीका लागि रिङ रोड बनाउने भन्दै विकासका कुरामा आउँदा पाँच वर्षे योजनाले देखाउने दाबी गरेका छन् । भाषण गरेर भन्नू भन्दा कामले देखाउछु भन्दै प्रचण्डले त्यहाँका जनतालाई आशावादी हुन समेत आग्रह गरेका छन् ।

यस्तै, अध्यक्ष प्रचण्डले माडीबासी जनताको अधिकारका लागि आफै अनशन बस्ने तयारी थाल्छु भनेपछि प्रधानमन्त्री सकारात्मक ढंगले लागेको दाबी गरेका छन् ।

मानव वस्तीका लागि माडीबाट राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कुरामा आफूले ठूलो कानुनी तथा अन्य किसिमका जटिलता बहन गर्न तयार रहेको दाबी गरेका छन् । यसैमा थप्दै प्रचण्डले आफू नै माडीबासीका समस्या समाधान नगर्ने हो भने म नै आमरण अनशन बस्छु भनेर प्रधानमन्त्रीसाँग भनेपछि राष्ट्रिय निकुञ्ज ऐन संशोधनको लागि प्रक्रियामा गएको जनाएका छन् ।

भुमी सुधारमन्त्री पद्मा अर्यालसँग छलफल भएर जनताको जग्गामाथिको अधिकारबारे छलफल भएको दाबी समेत गरेका छन् । माडीका जनताले उपभोग गरेको जग्गा जमिनको लालपुर्जा समेत उपलब्ध गराउन आफू लागेको र केहि समय मै यो समस्याले हल पाउने समेत जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org