ताजा समाचार

जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईजनाको मृत्यु, १० घााइते

तम्घास । गुल्मीको दर्लिङबाट बुटवलतर्फ जाँदै गरेकाे जीप दुर्घटना हुँँदा पूर्वसांसद रुद्रमणी शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका – १ थामडाँडामा दुर्घटना भएकाे हो।

जीपमा सवार अन्य सबै यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।

धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीया भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ मा नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org