ताजा समाचार

जग्गा प्रकरणमा महासचिव कमरेड पीडित हुनुहुन्छः प्रवक्ता बाँस्कोटा

काठमाडाैं । बालुटारको सरकारी जग्गा प्रकरणमा नेकपा महासचिव बिष्णु पाेडेल ठगीमा परेको सरकारका पवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वाँस्कोटा जनाएका छन् ।

मन्त्री बाँस्कोटालेे थप्दै भनेका छन, बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन् । किनबेच भएको भनिएको जग्गा प्रधानमन्त्री निवास छेउको रहेछ ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारको जग्गा अनुचित ढंगमा व्यक्तिको नाममा लगिएको रहेछ भने त्यसलाई सरकारले नछोड्ने बताए ।

जग्गा प्रकरणमा दोषी देखिएमा सत्तारुढ या प्रतिपक्षी कोहि नभनर सरकारले कारबाही गरेरै छाड्ने प्रवक्ता बाँस्कोटाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बाँस्कोटाले जग्गा खरिद प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पनि पीडित भएको दाबी गरे ।

‘उहाँ त्यो फर्जी धन्दामा संलग्न भएको होइन नि ! तेस्रो पक्षबाट जग्गा किनेको हुँ भन्नुभएको छ । किन्नेहरु वा जो ठगीमा पर्नुभएको छ उहाँहरु त अपराधी होइन, उहाँ पीडित हुनुभयो । किनकी उहाँले किन्नुभयो जग्गा, तर परेछ नक्कली !’

यस्तै, देश संघियतामा गइसकेपछि क्षेत्रिय कार्यालयहरु समेत खारेज भएका छन् । यसअघि रहेका क्षेत्रिय कार्यालय मुख्यमन्त्री मातहत जानेगरि खारेज भएको प्रवक्ता बास्कोटाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org