ताजा समाचार

नेपालमा अनलाइन खेल पब्जी प्रतिबन्ध

काठमाडौं । विश्वभर लोकप्रिय बन्दे गएको पब्जी खेललाई सरकारले प्रतिबन्ध लगाएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले बिहिबारदेखि पब्जीमा प्रतिबन्ध लगाएको छ । पब्जीका कारण मानिसमा समस्या उत्पन्न भएको भन्दै यस्तो निर्णय गर्नु परेको सरकारी अधिकारीले जनाएका छन् ।

सरकारको निर्देशन अनुसार पब्जीमाथि प्रतिबन्ध लगाउनु परेको प्रधािकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जनाएका छन् । इन्टरनेटको माध्यमबाट खेलिने पब्जीमाथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको प्रधिकरणका प्रवक्ता अर्यालले बताए।

पब्जी इन्टरनेटमा खेलिने भिडियो गेम हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org