ताजा समाचार

माग पुरा गर्न चिकित्सकको ७२ घण्टे अल्टिमेटम, के गर्ला सरकार ?

काठमाडाैं । आन्दोलनरत चिकित्सकले ७२ घण्टे अल्टिमेट दिदै सरकारलाई माग पुरा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

कर्मचारी समायोजनमा जान्नाैं भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले सरकारका विरुद्ध ७२ घण्टे अल्टिमेटम दिएका हुन् । समायोजनमा जाँदा बडुवा तथा वृत्तिविकासमा समेत हसर पर्ने भन्दै स्थानीय तहमा जान नमानेका चिकित्सकहरुले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै आएका छन् ।

यद्यपी सरकारलेे प्रहरीको सहयोगमा ताला फुटाएर वीर अस्पतालमा बिरामीलाई उपचार गराउने प्रयास गरेको थियो । तर, डाक्टरहरुले अस्पताल परिसरमा नै बिरामीको जाँच गरेर आन्दोलनलाई यथावत राखेको दाबी गर्दै आएका छन् ।

‘सरकारले ७२ घण्टाभित्र माग सम्बोधन नगरे सबै सेवा ठप्प गरी थप आन्दोलनमा जान्छौँ,’ चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘थोरै तलब खाएर सरकारी अस्पतालमा काम गर्न सकिँदैन्, बरु निजी अस्पतालमा जान्छौँ ।’

सरकारले दिएको सेचवा सुबिधा नै कम भएको भन्दै पछिल्लो समय उनीहरु उग्र रुपमा प्रस्तुत हुन थालेका छन् । तर, सरकारले डाक्टरहरु काममा नफर्किए वा समायोजनमा जान नमाने बर्खास्त गर्ने चेतावनी दिदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org