ताजा समाचार

माधव नेपाल सरकारको पालामा यसरी पुगेको थियो विष्णु पाैडेलको नाममा सरकारी जग्गा !

काठमाडाैं । नेकपा महासचिव बिष्णु पाैडेलले बवालुवाटारको सरकारी जग्गा आफ्नो पोल्टामा पार्न तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र भूमाफिया डा. शोभाकान्त ढकाललाई प्रयोग गरेको खुलेको छ ।

ढकाल एमाले स्वास्थ्य विभाग सदस्य समेत रहेका ढकाल नवलपरासी कावासोतिका स्थायी बासिन्दा हुन् । भने पाैडेल सोहि क्षेत्रका सांसद । अत्यन्तै राम्रो दोस्तीयारी रहेका यी दुईबीचको सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समेत नाम जोडिन पुगेको छ ।

आफूलाई आयुर्वेद डाक्टर बताउने ढकाल ०७० सालको समानुपातिक लिस्टमा सांसदको सुचीमा समेत परेका व्यक्ति हुन् । नवलपरासीका अर्का नेता घनश्याम भुसालले यसको चर्को विरोध गरेपछि त्यो सुचीबाट उनको नाम हटाइएको थियो । अझ गएको निर्वाचनमा समेत उनको नाम पश्चिम नवलपरासीबाट सिफारिस भएको थियो । अन्ततः एमाले-माओवादीको चुनावी तालमेलले गर्दा उनले टिकट पाएका थिएनन् ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएकलो बेला महासचिव पाैडेलले ढकालसँग दोस्तीयारी गर्दै सरकारी जग्गा व्यक्तिको नाममा गराउन मन्त्रीपरिषद् बाट निर्णय गराएका थिए ।

२०६७ वैशाख ३१ गतेको मन्त्रीपरिषदले निर्णय गरेर डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिन सिधै जग्गाको श्रेस्ता दाखिल-खारेज तथा दर्ता गर्न सक्ने अधिकार दिएको थिुयो । जसबेला सिपी मैनाली नेत्रत्वको नेकपा मालेका नेता डम्बर श्रेष्ठ भुमि सुधार मन्त्री थिए ।

त्यही निर्णयमा टेकेर डिल्लीबजार मालपोतले त्यसपछि पनि सरकारी, सार्वजनिक र गुठीका जग्गासमेत व्यक्तिका नाममा दर्ता गरेको सरकारी अधिकारीहरुले जनाउने गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org