ताजा समाचार

मेयर विद्यासुन्दरले लगाए शिक्षामा २७ प्रतिशतले शुल्क बृद्धि गर्न लालमोहर !

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ ।

नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ ।

महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयद्वारा हाल लिइँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन दिने गरी नयाँ शुल्कदर तोकेको हो । नयाँ शैक्षिक सत्र वैशाख २ देखि सुरु हुनेछ । महानगरभित्र सञ्चालित ६ सय ४५ निजी विद्यालयमा अब नयाँ शुल्क दर कार्यान्वयन गरिने महानगर शिक्षा विभाग प्रमुख निर्मला केसीले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org