ताजा समाचार

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि माधव नेपालसम्मको बालुवाटार जग्गा प्रकरणमा यस्तो कनेक्सन

काठमाडाैं । बालुवाटारको सरकारी जग्गा प्रकरणले नेकपाको उच्च तहमा हलचल ल्याइदिएको छ ।

नेकपा महासचिव विष्णु पाैडेलका छोराको नाममा जग्गा भएको देखिएपछि यसले राजनीतिमा मात्रै नभएर समाजमा समेत तरङ्ग फैलिएको छ । अहिले मानिसहरु खुल्लामञ्चमा जग्गा खाली छ रे किन्न पर्यो के छ महासचिव ज्यु भन्दै उनीमाथि व्यङ्ग्य गर्न थालिएको छ।

जग्गा प्रकरणमा दिवंगत पूर्वप्रधानमन्त्रीहरुदेखि अहिले राजनीतिको मुख्य भुमिकामा रहेका नेताहरु समेत यसैमा जोडिएर आएका छन् । भुमाफियाको हवाला दिदै बव्न खोज्नेलाई समेत यो प्रकरणले सताउने देखिन्छ ।

बालुवाटार जग्गा प्रकरणमा २०४७ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र नेकपा नेता झलनाथ खनाल भूमिसुधार मन्त्री भएका बेला उक्त जग्गा फुकुवा भएको पाइएको छ ।

पञ्चायतले राष्ट्रियकरण गरेको जग्गालाई २०४९ कात्तिक २५ र पुस २३ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वकालमा १ सय १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको तथ्य बाहिरिएको छ । त्यसपछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला ०६० सालमा समेत केहि रोपनी जग्गा पुनः व्यक्तिको नामसारी भएको पाइन्छ ।

यस्तै, माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला २०६७ वैशाख ३१ को मन्त्रिपरिषद्ले ललितानिवासले चर्चेको सम्पत्ति व्यक्तिका नाममा नामसारी गर्न निर्णय महासचिव पाैडेलको पहलमा भएको हो । 

यद्यपी सरकारका प्रवक्ता एवं संचार, सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महासचिव ठगिनु भयो भन्दै यसमा विष्णु पाैडेलको कुनै दोष नभएको भन्दै जनाइसकेका छन् । यता, महासचिव पाैडेलले समेत विज्ञप्ति जारी गर्दै आफु र आफ्नो परिवार यो प्रकरणमा संलग्नता नभएको जनाइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org