ताजा समाचार

एनबी बैंकले कर्पोरेट कार्यालय बनाउन अजयराज सुमार्गीको साढे ७ रोपनी जग्गा किन्यो

काठमाडौं । अजयराज सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई विशालनगरको साढे ७ रोपनी जग्गा ९५ करोडमा विक्रि गरेको छ ।

नेपाल वंगलादेश बैंकले उक्त जग्गा किन्न चार महिना अगाडी नै बोर्ड बैठकले पास गरेपछि उक्त जग्गा कारोबार भएको बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्र ढुंगानाले जनाएका छन् ।

न्युज-नेपालसँगको कुराकानीमा ढुंगानाले  भने, केहि संचारमाध्यममा हाम्रोबारे गलत समाचार प्रकाशन गरे भ्रम फैलाउन खोजिएको छ । वास्तवमा जग्गा किन्ने प्रक्रिया र मूल्य बजारमा चलेको दर रेटमा भएको छ । हामीले कमलादी एरियामा जग्गा खोज्दा खोज्दा नपाएपछि उक्त जग्गाको मूल्य, लोकेशन सबै हिसाबले सुहाउदो भएपछि कारोबार भएको कुरा तपाईको मिडिया मार्फत भन्न चाहन्छु ।

बैंकको कार्यालय रहेको अहिलेको भवन लिजमा लिएर चलेको छ । अब हामीले आफ्नै भवन निर्माण गर्नेछाैं । जग्गा किनिसकेका छाैं । तर, कतिपयले जग्गाको मूल्यामाथि प्रश्न उठाएका छन् । बाहिर आएजस्तो जग्गाको मूल्य चर्को भएको हो भन्ने मलाई लाग्दैन् । समय र बजार भाउ अनुसार जग्गा किनेका छाैं । त्यहाँ वरिपरिको जग्गा मूल्य कति छ भनेर हेर्दा मात्रै पनि सबै कुरा थाहा भइहाल्छ । धेरै कुरा गरेर विवाद सिर्जना गर्दा के नै पो हुनेौ हो र, घिमिरेले भने ।

सुमार्गीको २० रोपनी जग्गामध्ये साढे ७ रोपनी जग्गा बैंकले किनेको हो ।

कित्ता नम्बर १४१ को ३२२६.८२ वर्गमिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्गमिटर गरि ३८४७.३२ वर्गमिटर (७.५६ रोपनी) जग्गा बिक्री गरिएको हो। बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारीसमेत गरिसकिएको छ।

नेपाल बंगलादेश बैंकको कमलादीस्थित मुख्य कार्यालयलाई आगामी साढे दुई वर्षभित्र विशालनगरमा सार्ने उदेश्यले जग्गा किनिएको  ढुंगानाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org