ताजा समाचार

विप्लवका मकवानपुर इन्चार्ज ज्वाला पक्राउ

हेटौंडा । प्रतिबन्धित नेकपाका मकवानपुर इन्चार्ज पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।

सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org