ताजा समाचार

कास्कीमा उपनिर्वाचन जिते देशभर एकताको सन्देश जान्छः सभापति देउवा

पोखरा । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी एकताको सन्देश कास्कीबाट दिनुपर्ने जनाएका छन् । शुक्रबार बिहान कास्कीमा कांग्रेस निकट महिलासंघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

संस्कृति पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर २ खाली छ । उक्त क्षेत्रको उपनिर्वाचनमा कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने उनको भनाई छ ।

गुट, उपगुट, घात र प्रतिघातको श्रृङखलाबाट आजित भएपछि सभापति देउवाले पार्टी एकताको सन्देश दिन कास्कीको उपनिर्वाचन जितेर देखाउनु पर्ने चुनाैति दर्शाएका छन् । देउवाले भने, विगतमा विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पार्टीले पराजय भोग्न परेकाले यसपाली त्यस्तो कर्ममा संलग्न हुने जो सुकैलाई पनि कारबाही गरिन्छ ।

‘घात प्रतिघातमा संलग्न नहुनुस्, एकताबद्ध भएर निर्वाचनमा जित निकाल्नुस्,’ देउवाले भने, ‘यहाँ जिते देशभर यसको सकारात्मक सन्देश जान्छ र कास्कीबाट एकताको सन्देश जान्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org