ताजा समाचार

अदालत सरकारको मात्रै होः मोहन बैद्य

काठमाडाैं । नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन बैद्य ‘किरण’ले अदालत सरकारको हो भन्दै प्रतिप्रश्न गरेका छन् ।

सिके राउतलाई रातारात छुटाउने तर, मधेस आन्दोलनको क्रममा बएको घटनालाई लिएर रेशम चाैधरीलाई जेल हाल्ने यस्तो पनि हुन्छ ? यस्तो कहाँ हुन्छ ? सरकारले अदालतलाई के गराउन खोज्या हो ? समस्याको हल गर्ने हो भने राजनीतिक सहमतिकाआधारमा काम गराैं । बैद्यले भने ।

कम्युनिष्टले कम्युनिष्टलाई दमन गर्ने यो कस्तो घटना हो भन्दै किरणले भने, कम्युनिष्ट धेरै भइयो । सरकार एउटा नेकपा, विप्लव जी अर्को नेकपा । सरकार र विप्लवबारे बोल्दै किरणले डबल नेकपाको स्थिति के हो भन्दै प्रश्न समेत गरेका छन् ।

विप्लव जी हरु समेत राजनीतिक पार्टी हुनुहुन्छ। सरकारले दमन गर्ने होइन, वार्ता सहमतिका आधारमा उहाँहरुका माग सुन्न तयार हुनुपर्छ । देशमा शान्ति अमचयन कायम गर्ने हो भने यसका लागि तयार हुने या नहुने भन्ने कुरा मुख्य प्रश्न रहेको जनाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा भएको पत्रकार सम्मेलनमा बोल्दै किरणले यस्तो जनाएका हुन् ।

यद्यपी नेकपा मालेका महासचिव सिपी मैनालीले भने रेशम चाैधरी राजनीतिक घटनाका पात्र होइनन्, भन्दै उनमाथि अदालतको फैसला सहि भएको दाबी गरेका छन् । कैलालीको टिकापुरमा अघिल्लो दिन भएको राजनीतिक सहमतिको विरुद्धमा प्रहरी तथा अन्य जघन्य घटनाका दोषीलाई राजनीतिकरण नगर्न समेत चेतावनी दिएका छन् । रेशम चाैधरी प्रकरण राजनीतिक नभएको समेत दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org