ताजा समाचार

सरकार दमनको बाटोमा लाग्यो, विप्लवलाई वार्तामा बोलाउनै पर्छः देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार दमनको बाटोमा लागेको जनाएका छन् ।

सरकारले प्रेस तथा प्राज्ञिक क्षेत्रमा समेत दमन गर्दै गएकाले कांग्रेस चनाखो नभए प्रजातन्त्र नै खतरामा पर्ने जनाएका छन् । फरक प्रसंगमा बोल्दै उनले चुनावी अन्तरघात नै कांग्रेसको मुख्य दुश्मन भएको दाबी गरेका छन् । मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले यस्तो जनाएका हुन् ।

देउवाले प्रजातान्त्रिक पार्टी भएकोले गुट उपगुट देखिएको हुन सक्ने उल्लेख गर्दै कम्युनिष्ट पार्टीमा समेत गुट उपगुट देखा परेको भन्दै एकताबद्ध हुन समेत आग्रह गरेका छन् ।

सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अन्वश्यक हस्तक्षेप गर्दै गएको छ । लोकतन्त्रको मर्म विपरित सरकारले काम गरिरहेको छ । कांग्रेसले दृढतापूर्वक यसको प्रतिवाद गर्नुको विकल्प छैन् । ददेउवाले भने ‘प्रजातन्त्र र प्रेस एक अर्काका पर्यायवाची हुन, प्रेस बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ,’ देउवाले भने, ‘तर सरकार भने विश्वविद्यालयका पदाधिकारीलाइ कारवाही गर्ने नाममा ठाडो हस्तक्षेप गरी आफू नजिककालाई धमाधम भर्ना गर्न थालेको छ, प्रेसलाइ पनि अनावश्यक रुपमा सताइरहेको छ।’ कांग्रेसलाई यस्तो खाले हस्तक्षेप सह्य र मान्य नहुने उनले बताए।

देउवाले नेत्रविक्रम चन्द (विप्लव)बारे बोल्दै भने, सरकारले द्वन्द्व र विवाद चर्काउनु भन्दा वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ। ‘वार्ता गर्ने जिम्मेवारी पनि सरकार कै हो, सरकार यसबाट पन्छिन मिल्दैन’।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org