ताजा समाचार

महासचिवले थर्ड ह्याण्डबाट जग्गा किन्दा ठगिनु भो, ठग्नेले क्षतिपूर्ति दिनुपर्छः मन्त्री बास्कोटा

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा महासचिव विष्णु पाैडेललाई ठग्ने व्यक्तिले क्षतिपूर्ति दिनुपर्ने जनाएका छन् ।

पछिल्लो समय समाजमा विभिन्न तरिकाले आलोचना बढेको भन्दै हचुवाको भरमा भन्दा तथ्यको आधारमा आलोचना गर्न समेत आग्रह गरेका छन् ।

प्रेस संगठन रुपन्देहिले मंगलबार मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

प्रवक्ता बास्कोटाले तथ्य भन्दा बाहिर गएर सरकारको ालोचना गर्न थालेको भन्दै आक्रोस समेत व्यक्त गरेका छन् । आक्रोशित मुद्रामा उनले भने, ‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’, बास्कोटाले भने, ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’

बालुवाटारको सरकारी जग्गा (ललिता निवास) किनबेच प्रकरणमा पत्रकारले गरेको प्रश्नमा मन्त्री बास्कोटाले महासचिव पाैडेल ठगीमा परेको कुरा दोहोर्‍याएका छन् । यसैमा थप्दै उनले भने, ‘उहाँले थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ’, उनले भने, ‘अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ ।’

यस्तै अन्य व्यक्ति समेत ठगीमा परेको हुन सक्ने भन्दै उनले यस्ता कुकार्यका विरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुने समेत दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org