ताजा समाचार

पब्जीमाथिको प्रतिबन्ध बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

कामठाडौं । पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

इन्टरनेटको माध्यममा अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई अपुरनिय क्षति पुग्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

मंगलबार अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका हुन् ।

स्वच्छेचारी निर्णयले स्वतन्त्रता र विचार राख्न पाउने अधिकारलाई कसैले प्रतिबन्ध लगाउन नमिल्ने भन्दै पब्जी अनलाइन गेम बन्द गराउन भएको सबै निर्णय तथा पत्राचार मुद्दाको टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश पनि जारी गर्न माग गरिएको छ ।

पब्जीले युवा पुस्ताददेखि आम मानिसमा आत्महत्या लगायत अन्य दुरगामी असर पार्ने ठहर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले चैत २८ गतेदेखि लागू हुने गरी पब्जी बन्द गर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org