ताजा समाचार

एकजना मन्त्रिका लागि ६८ यात्रुलाई आर्थिक व्ययभार थोपारेर दुख दिन सकिन्न: बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सरकारका प्रवक्ता तथा सुचना, संचार तथा प्रविधि मन्त्री गोकुल बास्कोटालाई उदाउन नमानेको भन्ने कुराको खण्डन गरेको छ ।

विमान काठमाडौँबाट भैरहवा विमानस्थालमा अवतरण गरिसकेपछि काठमाडौंको मौसम खराब रहेको र विमानस्थल मर्मतका कारण बन्द हुने भएकाले ६८ यात्रुलाई अलपत्र पारेर सर्वसाधारणलाई आर्थिक व्ययभार थोपार्ने र दुख नदिने मान्यताका आधारमा उडान भर्न परेको जनाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो । भैरहवाका सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर २५/३० मिनेटमा मन्त्रि विमानस्थल पुग्ने जानकारी दिएपनि काठमाडौंको मौसम खराव रहेको र विमानमा राखिएका यात्रुलाई दुख दिन नहुने मान्यताका आधारमा यस्तो हुन गएको दाबी बुद्ध एयरले गरेको छ ।

यधपी मन्त्री बास्कोटाले आफुलाई विमानले छाडेपनि पर्यटकलाई के गर्छ होला भन्दै प्रश्न गरेका थिए । उनले यस्ता कुकृत्य बारे समाचार लेख्न पत्रकारलाई समेत आग्रह गरेका थिए ।

हेर्नुहोस बिज्ञप्ति: 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org