ताजा समाचार

बालुवाटार जग्गा प्रकरण मिलाउन अख्तियारभित्रै सेटिङ भएको खुलासा

काठमाडौ । बालुवाटारस्थित ललितानिवास जग्गा खरीद प्रकरण टुंग्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रैबाट सेटिङ प्रयास भएको छ ।

अनुसन्धानका लागि तोकिएका अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जाेशीले नै छानबिन प्रभावित गर्ने प्रयास गरेका हुन् । कानून व्यवसायीलाई कार्यालयमै बोलाएर प्रलोभन र धम्की दुवै दिएपछि उनी कारबाहीमा परेका छन् । समाचारमा जनाइए अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट अख्तियार आएका उनलाई उतै फिर्ता पठाइएको छ । तर, सरुवाबाहेकका थप करवाही भने गरिएको छैन ।

जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तियारले छुट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

ललितानिवास जग्गा अतिक्रमणमा स्वयं आयुक्त नै संलग्न रहेको दाबी पनि कान्तिपुरले गरेको छ । समाचार अनुसार, निर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको पर्खाल सारेका छन् ।

भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले ०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाको नाममा खरीद गरेका थिए । उक्त जग्गा सुरुमा प्रधानमन्त्री परिसरभित्र थियो । ०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएको समाचारमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org