ताजा समाचार

अन्ततः गुगल र एप्पलले गरे टिकटक ब्लक

काठमाडौं । छोटो समयमै लोकप्रिय बनेको भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा गुगल र एप्पलले आफ्नो एप स्टोरबाट हटाइ दिएका छन् ।

विश्वभर झन्डै ५० करोड प्रयोगकर्ता रहेको टिकटकलाई भारतमा ठुलो धक्का लागेको जनाइएको छ ।भने, भारतमा मात्रै यसका प्रयोगकर्ता १२ लाख बएको जनाइन्छ ।

यद्यपी पहिले नै डाउनलोड गरिसकेकाले भने टिकटक चलाउन सक्ने छन् । तर, नयाँ प्रयोगकर्ताले भने डाउनलोड गर्न पाउने छैनन् ।

मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्‍यो ।

मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गरेपछि भने यो प्रक्रियामा भारत सरकार सफल भएको हो ।

मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org