ताजा समाचार

दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मतले अनुमोदित

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सर्वसम्मतले अनुमोदन भएका छन् ।

प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित भएका थपलियाले निर्वाचन प्रणाली विद्युतिय बनाउदै उपचुनाव समयमै गराउने महत्वकांक्षी योजना अघि सारेका छन् ।

बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताएका थिए । यस्तै उनले विद्युतिय मतदान प्रणालीको विकास गर्दै निर्वाचनलाई सजिलो र सहज बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

थपलियाले आफू प्रमुख निर्वाचन आयुक्त भए आफ्नो प्राथमिकतामा उपनिर्वाचन रहेको र तीन महिनाभित्र उप निर्वाचन गर्ने प्रतिवद्धता समेत जनाइसकेका छन्। भने उनि सर्वसम्मतले अनुमोदन समेत भएका छन् ।

उनीविरुद्ध कर्मचारी समायोजनमा विभेद गरेको संघीयताको मर्म अनुसार काम नगरेको लगायतका आरोपसहितका उजुरी परेका थिए । ती उजुरीहरुको बचाउ गर्दै थपलियाले आफूले सरकार दिएको निर्देशन र कानूनको पालना गरेर नै काम गरेको दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org