ताजा समाचार

स्टेज भाँचिदा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित पाहुना लडे, तीन जना घाइते !

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित पाहुनाहरु स्टेज भाँचिदा तीन जना घाइते भएका छन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाको आयोजनामा हुन गइरहेको अजयमेरु महोत्सवको उद्घाटन समारोहको स्जेट भाँच्चिएपछि तीन जना घाइते भएका हुन भने मुख्यमन्त्री भट्ट भने सकुशल रहेको जनाइएको छ ।

घाइते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त छन् । तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ । स्टेज भाँचिएपनि महोत्सव उद्घाटनको कार्यक्रम भने नरोकिएको जनाइएको छ । स्टेजबाट तल खसेका मुख्यमन्त्रीसहितका पाहुनालाई प्रहरीले तत्कालै उद्धार गरेको थियो ।

मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org