ताजा समाचार

खुशी हुँदै प्रधानमन्त्री ओलीले भने, नेपाल अन्तरिक्ष युवमा प्रवेश गर्‍यो

काठमाडाैं । नेपालले पहिलो पटक आफ्नो भू-उपग्रह प्रक्षेपणं गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् ।

नेपाली समय अनुसार संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट १’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो ।

यो स्याटेलाइट बनाउन सरकारले अर्थ मन्त्रालयमार्फत् एक करोड ४२ लाख रुपैयाँ जापानमा पठाएको छ। रकम यो प्रक्रियामार्फत् जापनमा रेमिट गरिएको हो।

प्रधानमन्त्री ओलीले गरे यसरी खुशी व्यक्तः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org