ताजा समाचार

मर्जपछि ज्योतिकै नामबाट कारोबार हुनेगरि हाम्रो विकास बैंकको कारोबार खुला

काठमाडौं । ज्योति विकास बैंकसँग गाभिने सम्झौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको हाम्रो विकास बैंकको कारोबार खुला भएको छ।

मर्जरको प्रक्रिया सकिएर गत चैत्र १५ गतेदेखि एकीकृत कारोबार सुरु भएसँगै दोस्रो बजारमा पनि कारोबार खुला भएको हो।

साविक हाम्रो विकास बैंकका शेयरधनीहरुले ज्योति विकास बैंकको कोडबाट शेयर कारोबार गर्न सक्ने नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

हाम्रो विकास बैंकको ५० लाख ४० हजार ५३४ कित्ता शेयर ज्योति विकास बैंकको नामबाट कारोबार हुने भएको हो।

ज्योति विकास बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ। स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज भएसँगै बैंकको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ।

हाम्रो विकास बैंकको कारोबार रोक्का हुँदा दोस्रो बजारमा १३३ रुपैयाँमा कारोबार भएको थियो। बुधबार ज्योति विकास बैंकको बजार मूल्य १४१ रुपैयाँमा रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org