ताजा समाचार

नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ ।

मलेसियाको राजधानी क्वालामपुरबाट आउँदै गरेको उडान नम्बर आरए ४१६ विमानमा चरा ठोक्किएको हो ।

स्रोतका अनुसार, निगम स्रोतका अनुसार विमान अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । ‘ठूलो क्षति हुनबाट जोगियो’ निगम स्रोतले भन्यो, ‘उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।

चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो । निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org