ताजा समाचार

विप्लवको बन्द कै दिन टिमसहित निर्धक्क सुकुटे पुगे प्रचण्ड

काठमाडाैं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको बन्द कै दिन प्रचण्ड सुकुटे पुगेका हुन् । पत्नी सिता दाहालसहित सिन्धुपाल्चोक तिर लागेका प्रचण्ड निर्धक्क सुकुटे पुगेको उनको पारिवारीक स्रोतले जनाएको छ ।

बन्दका कारण आज राजमार्गमा गाडी नचलेपनि प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तथा नेकपा नेता अग्नि प्रसाद सापकोटासँगै सुकुटे पुगेका हुन् । उनीहरु सुकुटेको रिसोर्टमा बास बस्ने जनाइएको छ ।

प्रचण्डलाई काठमाडौंबाट ६९ किलोमिटर पूर्वमा रहेको भोटेकोसी किनारमा अवस्थित रिसोर्ट ‘सुकुटे बिच’ लैजान सांसद सापकोटाको मुख्य भूमिका छ। यसअघि समेत सापकोटाले प्रचण्डलाई सुकुटे लैजाने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org