मनिषा कोइराला भन्छिन्–नेपाल पृथ्वीको स्वर्ग देश हो,विश्वभरलाई देखाउने मन छ
काठमाडौं । हातमा ट्रेकिङ स्टिक, कालो क्याप अनि सेतो स्वेटरमा सगरमाथाको काखमा हिँड्दैथिइन् बलिउड नायिका मनिषा कोइराला । कहिले उनको रुटमा शेर्पाका अबोध नानीबाबु भेटिन्थे त कहिले लामो रौंधारी याक । उनी त्यसमै रमाइरहेकी थिइन् । यो बलिउड फिल्मको कुनै सुटिङ सेट थिएन । सगरमाथाकै छेउछाउमा चलचित्रका लागि गरिएको रियल सुटिङ पनि थिएन त्यो ।
मनिषा केही समय अगाडि सगरमाथा बेस क्याम्प गएकी थिइन् । आठ दिन लामो उनको बेस क्याम्प यात्रामा खिचिएको भिडियाको क्ल्प्सि थियो त्यो । क्यान्सरबाट भर्खर तङग्रिएकी उनलाई नेपाल हेर्न मन लागिरहेको थियो । स्कुले साथीहरुले जाऊँ मनिषा एभेरेष्ट बेस क्याम्प भने । मनमा केही प्रश्न त उठेका थिए तर एक्साइटेड हुँदै उनले भन्दिइन्, हुन्छ । तय भयो मनिषाको एभरेष्ट बेस क्याम्पसम्मको यात्रा ।
दैनिक ८ घण्टाका दरले ८ दिन हिँडेपछि मनिषा पुगिन् एभरेष्ट बेस क्याम्प । त्यही अनुभव सुनाउन पर्यटन बोर्डले बिहीबार कार्यक्रम आयोजना गर्यो काठमाडौंको होटल र्याडिसनमा । त्यही अवसरमा मनिषा सगरमाथाको काखमा हिउसँग रमाउँदै हिँडेको भिडियोको सानो क्ल्प्सि देखाइएको थियो ।
टिजर हेरेपछि मनिषा बोलिन्, “जहिले पनि म मातृभूमि फर्किन्थेँ । प्लेनबाट ओर्लिंदा मेरा आँखामा आँशु छलल्ल हुथ्यो । धेरै जसो विदेशमै बसेर काम गर्नुपर्यो । जहिले पनि मेरो मनमा केही हुन्थ्यो भने म मेरो देश कहिले हेर्न पाउँछु होला भन्ने हुन्थ्यो ।”
मनिषाका साथी र उनका परिवारका सदस्यहरुले नेपालका विभिन्न ठाउँमा पुगेर टेकिङ गरेको अनुभव सुनाउँथे । मनिषाको मनको भित्री तहमा प्रश्न चिन्ह उठ्थ्यो, मैले चाहिँ कहिले हेर्ने मैले त हेर्न पाएको छैन ।
यो पटक जब उनलाई साथीहरुले एभरेष्ट बेस क्याम्प जाऊँ भने, उनी उत्साहित त भइन् । तर स्वास्थ्य अवस्थालाई पनि सम्झिइन् । क्यान्सरबाट भर्खर रिकभर भएकी थिइन् । उमेरको अंक पनि आयो दिमागमा । तर उनले निर्णय गरिन् । यो अवसर मैले छोड्नु हुन्न । किन ?
केटाकेटी उमेरमा फर्किइन् मनिषा । सगरमाथासँग जोडिएको आफ्नै घरको कथा सुनाउन थालिन्, “जिजू बुवालाई सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेर फर्किएपछि उहाँहरुले सगरमाथा आरोहण गर्दा प्रयोग गरेको टेन्ट दिनुभएको थियो । त्यो टेन्ट हामीले छतमा राखेका थियौं । त्यतिबेला देखि नै मेरो केटाकेटी मनमा सगरमाथाको पिक्चर थियो र म एक दिन हेर्छु भन्ने रहर थियो ।”
लुक्लाबाट जब उनी बेस क्याम्पको यात्रा सुरु गरिन् । उनले देखिन् अग्लाअग्ला पहाडमा सेताम्मे हिउँ । सेतै र गुलावी फुल्ने गुराँसको जङ्गल । खोला र बाटामा भेटिने याक । उनलाई नेपाल साँच्चै उद्भूत सौन्दर्यले भरिएको देश लाग्यो ।
शेर्पा कल्चर देखिन् । रुकस्याक बोकेर सास बढाउँदै जबरजस्ती हिँडिरहेकी आफूलाई हेर्थिन् अनि तुलना गर्थिन् अजङ्गको ब्याग बोकेर ठमठम हिँड्ने शेर्पा दाजुभाइसँग । उनलाई अचम्म लाग्थ्यो । “उनीहरुको इमान्दारिता देखेर साँच्चै म नतमस्तक भएँ । तर उहाँहरुलाई हाम्रो केही सहयोगको आवश्यकता पनि छ । कडा मेहनत गर्नुहुन्छ । तर काम नभएको दिन के खाने रु समस्या देखेँ । उहाँहरुलाई शिक्षा र स्वास्थ्यमा समस्या छ । यी दुई कुरामा शेर्पा जातिलाई सहयोगको खाँचो छ,” मनिषाले देखेको सगरमाथाका पहरेदार शेर्पाको समस्या सुनाउँदै भन्छिन्, “किनकी उहाँहरुले नै देखाउने हो हाम्रो हिमाललाई । उहाँहरुले नै बुझ्नु भएको छ हाम्रो हिमाललाई । त्यसैले उहाँप्रति हाम्रो जिम्मेवारी छ ।”
आठ दिनको यात्रामा उनले जति पनि बाटोमा भेटिन् ती अधिकांश विदेशी थिए । नेपाली त हातका औंलामै सीमित थिए । मनिषा भन्छिन्, “म नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई भन्छु कति हाम्रो कति धेरै चिज दिएको छ हामीलाई प्रकृतिले रु यो हेरेर मात्रै अनुभव गर्न सकिन्छ होला । मैले बाटोमा भेटिने पर्यटकलाई सोधेँ, कस्तो लागिरहेको छ रु उहाँहरु भन्नुहुन्थ्यो– इज डिफिकल्ट बट एभ्री स्टेप इज वर्थइट ।”
तपाईंहरुले पृथ्वीमा स्वर्ग देख्नु भएको छ रु उनी सोध्थिन्, जवाफमा विदेशीहरु भन्थे, देख्यौं । र त्यो स्वर्ग यही हो ।
एभरेष्ट बेस क्याम्पमा एक रात बिताइन् मनिषाले । त्यसको छुट्टै अनुभव छ उनीसँग । साना साना सयौं टेन्ट थिए त्यहाँ । राति डर लागिरहेको थियो । कारण तापक्रम माइनस २५ डिग्री सेन्टिग्रड थियो । के होला, कसो होला भन्ने भय थियो । बिहान टेन्टबाट बाहिर निस्किएर जब हेरिन् मनिषाले, ठूलठूला पहाड हिउँले भरिएका थिए । चारैतिर हिउँले भरिएका पहाड बीचमा उनको टेन्ट थियो । उनको शरीर नै सिरिङ्ग भयो । भन्छिन्, “त्यो दुर्लभ क्षण जब मैले कैद गर्न पाएँ । मेरो मनको डर सबै हरायो ।”
बादलले छोएको आकाश हेर्दै त्यसलाई पछ्याउने उनको रहर पूरा भयो । संसारकै शीर सगरमाथा आफ्नै आँखाले हेर्ने बचपनको सपना साकार भयो । अब मनिषालाई उनको त्यो आठ दिनको यात्राका क्रममा खिचिएको डकुमेन्ट्री ‘गोर्डन अफ हिमालय’ संसारभर पुर्याएर पृथ्वीको स्वर्ग विश्वभरलाई देखाउने मन छ । र, अर्को पनि मन छ, अन्य हिमालका काखमा पनि पुग्ने ।(यो न्युज हामीलाई मनपरेको हुदाँ बाह्रखरी डट कम बाट साभार गरिएको हो ।)
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...