ताजा समाचार

प्रचण्ड तनावमा परेपछि सुकुटेमा, सघन वार्ता गर्न ओली-नेपाल वालुवाटारमा !

काठमाडाैं । सत्तारुढ दल नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको खुलेको छ ।

नेकपा अध्यक्ष प्रचण्ड फ्रेस हुन भन्दै पारिवारीक टिम लिएर सिन्धुपाल्चोकको सुकुटे पुगेपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटारमा निम्त्याएर सघन छलफल गरेका छन् ।

नेकपा स्रोतका अनुसार नेता नेपाल बिहिबार साझ र आज शुक्रबार विहानै प्रधानमन्त्री निवास छिरेका हुन् । वान टु वान वार्ता गरेका नेताहरुले पार्टी एकता टुंगोमा नलाग्नुमा भागबण्डा नमिल्नु नै मुक्य कारण रहेको निष्कर्ष निकाल्दै सहमति गर्ने प्रयास गरेका छन् । ७७ जिल्ला मध्ये ३२ जिल्लाको नेतृत्व जिम्मेवारी पूर्वमाओवादीले पाएपछि बचेको ४५ जिल्लाको भागबण्डा मिलाउन वालुवाटारमा सघन छलफल भएको हो ।

नेकपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले भावुक हुँदै नेता नेपाललाई हामी यति धेरै लामो समयदेखि संघर्ष गर्दै आएपनि आज प्रचण्डले हामीलाई मिल्न अनुरोध गर्नु त्यत्ति राम्रो नहुने भनेपछि नेता नेपाल विहान समेत वालुवाटार पुग्न बाध्य भएका हुन् ।

तर, प्रचण्ड सुकुटे गएको बेला प्रधानमन्त्री निवासमा भएको छलफलले भने पूर्वमाओवादी बृत्तमा शंका उत्पन्न भएको छ । पूर्वमाओवादीका एक नेताले भने, सांज परेपछि अनि एका बिहानैको भेटले कतै केहि गडबड त भएको छेन भन्ने लागेको छ । यसैमा हाम्रो अध्यक्ष कमरेड सुकुटे पुग्नु भो । हामी थोरै सशंकित बन्ने वातावरण बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org