ताजा समाचार

नेकपा महासचिव विष्णु पाैडेल लक्षित भीम रावलको ट्विट, प्रधानमन्त्री निवासको जग्गा कब्जा गर्नेलाई कारबाही होस्

काठमाडाैं । नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री भीम रावलले सरकारी जग्गा कब्जा गर्नेलाई कारबाही गर्नैपर्ने जनाएका छन् ।

द्वन्द्ध र अस्थिर स्थितिमा सार्वजनिक जग्गा कब्जा गर्ने जो कोहिलाई दुई तिहाई बहुमत प्राप्त सरकारले सार्वजनिक सम्पत्तिको रक्षा गर्दै कारबाही गर्नुको विकल्प नरहेको ठोकुवा गरेका छन् ।

नेकपा महासचिव विष्णु पाैडेलको समेत सरकारी जग्गा प्रकरणमा कारोबार देखिएपछि राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन माग गर्दै आएका नेता रावलले नाम किटान नगरेपनि घुमाउरो पाराले कारबाही गर्न सरकार पछि हट्न नहुने तर्क सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री निवास कै जग्गा कब्जा गर्नेलाई सरकार कारबाही गर्न सफल होस भन्दै रावलले कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै नेता राववले भनेका छन्, ‘द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भएपनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो ।प्र.मं. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कार्वाई गर्न सरकार सफल होस्’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org