ताजा समाचार

पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं। चर्चित अनलाइन भिडियो गेम पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पब्जीमाथिको प्रतिबन्धबारे अन्तरिम आदेश जारी गर्दै तत्काल यो निर्णय कार्यान्वयन नगर्न समेत भनेको छ । यस्तै, नेपाल दुरसंचार प्राधिकरणको नाममा १५ दिनभित्र पब्जीमाथिको प्रतिबन्धको कारण पेश गर्न आदेशमा भनिएको छ ।

पब्जीमाथिको प्रतिबन्धले इन्टरनेटको प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने भन्दै यो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता प्रवीण सुवेदीसहित अधिवक्ताहरु प्रविण सुवेदीसहित ६ जनाले बैशाख ३ गते रिट दायर गरेका थिए ।

आज शुक्रबार रिट निवेदकको तर्फबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org