ताजा समाचार

विप्लवका पूर्वबडिगार्ड सुर्य भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता सुर्य बहादुर भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण आदेश जारी गरेको हो ।

भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो । भुजेलका तर्फबाट पितकुमारी भुजेलले बन्दिप्रत्यक्षिकरणको मुद्धा दर्ता गराएकी थिइन् ।

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो । भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए । महाशाखाका अनुसार उनी नेपाली सेनाका भगौडा हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org