ताजा समाचार

बालुवाटार जग्गा प्रकरणबारे महासचिव पौडेलले मुख खोले(विज्ञप्ती सहित)

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरण, नेकपा महासचिव पौडेल पनि संलग्न भन्ने शीर्षकको समाचारको खण्डनमा नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार विज्ञप्ती निकालेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा बालुवाटारस्थित जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पार्ने गरी प्रकाशित÷प्रसारित समाचारहरूप्रति दुःख व्यक्त गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरेको बताएका छन् ।

‘बालुवाटारस्थित सरकारी जगगा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई हार्दिक स्वागत र समर्थन गर्दछु ।’ विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको सम्बन्धि समाचार प्रकाशन भएको थियो ।

यसअघि पनि महासचिव पौडेलले एक विज्ञप्ती जारी गरेका थिए ।

विज्ञप्ती:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org