ताजा समाचार

प्रदेश ५ बुटवल मात्रै हैन रुकुम रोल्पादेखी बर्दियासम्म नै हो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रदेश ५ को राजधानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् ।

जीतगढीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, बुटवल नै प्रदेश राजधानी हुनुपर्छ भन्ने कुरा गलत हो । प्रदेश ५ मा रुकुम रोल्पादेखी बर्दियासम्म छ भन्ने कुरा बुझ्न पर्ने जनाएका छन् ।

कार्यक्रम मै बुटवल राजधानी राख्न माग उठेपछी प्रधानमन्त्री ओलीले मञ्चबाटै कडा जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री भन्दा अगाडि सम्बोधन गरेका नेपाली काङ्ग्रेस नेता बालकृष्ण खाँडले प्रदेश ५ को स्थायी राजधानी बुटवल उपयुक्त भएको भन्दै छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । शेरबहादुर देउवा सरकारले बुटवललाई अस्थायी राजधानी तोके पनि अहिलेसम्म स्थायी राजधानीको टुंगो नलाग्दा प्रदेश ५ मा असहजता भएको जनाएका थिए ।

प्रदेश राजधानीबारे बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो अरु जस्तो जहाँ गयो त्यहीका लागि कुरा गर्ने आदत छैन, प्रदेश ५ भनेको बुटवल मात्र होइन बर्दिया, रोल्पा रुकुमसम्म छ, जुन ठाउँ सबैका लागि पायक पर्छ प्रदेशसभाले त्यही राजधानी तोक्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org