ताजा समाचार

विष्णु पौडेलमाथी गगन थापाको कटाक्ष: बालुवाटारमा जग्गा किन्दा पशुपति किन्न भ्याउनुभएनछ

काठमाडौ । नेपाली काङ्ग्रेसका नेता गगन थापाले बालुवाटारको सरकारी जग्गा प्रकरणबारे नेकपा महासचिव विष्णु पौडेल लक्षित कडा जवाफ फर्काएका छन् ।

नेता थापाले रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा बोल्दै ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनु पर्ने जनाएका हुन ।

बालुवाटारको जग्गा खरिद गर्दा पशुपतिनाथको जग्गा चाहिँ किन्न भ्याउनुभएनछ, घुमाउरो पारामा नेता थापाले महासचिव पौडेल लक्षित जवाफ फर्काए ।

पौडेलको निर्वाचन क्षेत्रमा पुगेका नेता थापाले पौडेलको आठ कठ्ठा जग्गा बेचेर किनेको जग्गा ठगीमा परेपछी दुख लागेको दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org