ताजा समाचार

अस्पतालको शाैचालयमा नर्स झुण्डिएर मृत अवस्थामा फेला

जनकपुर । जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालका कार्यरत एकजना नर्स झुण्डिएर मृत अवस्थामा फेला परेका छन् ।

आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् । अहिले उनको शव पइोस्टमार्टमका लागि जनकपुर अञ्वल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org